काठमाडौं- बिहीबारदेखि ललितपुरको जावलाखेल मैदानमा सत्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने भएको छ ।
तिहार लक्षित गरेर उक्त फूल प्रदर्शनी हुन लागेको हो । पुष्प व्यवसायको व्यावसायिक विकास तथा प्रवर्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ । एसोसियसनले प्रत्येक वर्ष तिहारको समयमा पृष्प मेला आयोजना गर्दै आएको छ ।

प्रदर्शनीमा ७५ वटा प्रदर्शनी स्टल रहने छन् । प्रदर्शनीमा गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।