Nexkhabar

प्रभु बैंकका पूर्वसिइओसहित १० जना पक्राउ

काठमाडौं- प्रभु बैंकका डेपुटी सिइओ र पूर्वसिइओसहित १० जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)को टोलीले बैकिङ्ग कसुरमा डेपुटी सिइओ मनोज न्यौपाने, पूर्वसिइओ तुलसीराम गौतमसहित १० जनालाई पक्राउ गरेको हो । काठमाडौंका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरिएको हो।

नेपाल राष्ट्र बैंकको आग्रहमा केही समयदेखि सिआइबीले यस विषयमा अनुसन्धान अघि बढाएको थियो । उनीहरुमाथि सेञ्चुरी कमर्सियल बैंकमा रहँदा प्रवाह भएको ऋण अनियमितता गरेको आरोप छ ।

१३ अर्ब ५३ करोड चुक्ता पुँजी रहेको प्रभु बैंकले १० अर्ब चुक्ता पुँजी रहेको सेञ्चुरी कमर्सियल बैंकलाई आफूमा गाभेको थियो ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top