Nexkhabar

प्रतिनिधि सभा : सरकारलाई सभामुखको रुलिङ (LIVE)

काठमाडौँ – प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले सांसदहरूले उठाएका विषयहरूमा सभाको आगामी बैठकमा जवाफ दिन नेपाल सरकारलाई रुलिङ गरेका छन् ।

रुलिङ भएसँगै सभाको बैठक नियमित रूपमा सुचारु भएको छ । सरकारलाई रुलिङ गर्दै सभामुख घिमिरेले भने,  ‘माननीय सदस्यहरू, बैठकमा नियमित रूपमा यहाँहरूले उठाउनुभएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । माननीय सदस्यहरूले उठाउनुभएको विषयहरूमा सभाको आगामी बैठकमा जवाफ दिन म नेपाल सरकारलाई निर्देशन गर्दछु ।’

यस अघिको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले विवादित मन्त्रीहरूको राजीनामाको माग गरेका थिए । मन्त्रीहरू विवादमा आएको सम्बन्धमा प्रधानमन्त्रीको जवाफ समेत माग गरेका थिए । 

Loading spinner

प्रतिक्रिया

Scroll to Top