Nexkhabar

पोखरीमा डुबेर बालिकाको मृत्यु

महोत्तरी-  जलेश्वर नगरपालिका–३ मालीवारामा आज दिउँसो पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई वर्षीया रुची पाण्डेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । रुची पाण्डे स्थानीय मंगल पाण्डेकी छोरी हुन् ।

घर अगाडि खेल्दै गरेकी बालिका ५० मिटर टाढाको बर्का पोखरीमा नुहाउन गएको त्यहाँ डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top