Nexkhabar

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं – आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले डिजेल, पेट्रोल, मट्टितेलको मूल्य बढाएको हो । विहीबार बसेको निगम सञ्चालक शुक्रबार १२ बजेदेखि लागू हुने गरि मूल्य बढाउने निर्णय गरेको हो ।

डिजेल मट्टितेल र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै,  भारतीय आयल कर्पोरेसनबाट प्रतिलिटर १.५६ रुपैयाँले मूल्य बढेर आएपनि निमगले प्रतिलिटर २ रुपैयाँले मूल्य बढाएको हो । निगमका अनुसार हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य यथावत छ ।

अब पेट्रोल पहिलो वर्गमा १६७ रुपैयाँ ५० पैसा प्रति लिटर, दोस्रो वर्गमा १६९ रुपैयाँ, तेस्रो वर्गमा १७१ रुपैयाँ र तेस्रो वर्गमा १७२ रुपैयाँ पर्ने भएको छ । त्यस्तै, डिजेल र मट्टितेल  पहिलो वर्गमा १५५ रुपैयाँ ५० पैसा प्रति लिटर, दोस्रो वर्गमा १५७ रुपैयाँ, तेस्रो वर्गमा १५८ रुपैयाँ र तेस्रो वर्गमा १५७ रुपैयाँ पर्ने भएको छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top