Nexkhabar

परशुराम नगरपालिकाले ल्यायो छोरी-बुहारी छात्रवृत्ति कार्यक्रम

काठमाडौं- डडेल्धुराको परशुराम नगरपालिकाले छोरी—बुहारी छात्रवृत्ति कार्यक्रम सञ्चालनमा ल्याएको छ।

आर्थिक अभावले बीचमै छोड्ने महिलाहरूलाई पढाइमा निरन्तरता दिन सहज होस् भन्ने ध्येयले नगरपालिकाले छोरी—बुहारी छात्रवृत्ति कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

प्राविधिक शिक्षामा महिलाहरूको पहुँच बढाउन पनि यो कार्यक्रमको लक्ष्य रहेको नगरपालिकाले जनाएको छ। परशुराम नगरपालिका भित्रका १२ वटै वडाका स्नातक वा स्नातकोत्तर तहमा प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनरत छोरी बुहारीलाई यो कार्यक्रम अन्तरगत छात्रवृत्ति दिइने छ।

नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को स्वीकृत नीति बजेट, तथा कार्यक्रम बमोजिम यो कार्यक्रम सञ्चालनमा ल्याएको हो।
जसअनुसार नगरपालिका क्षेत्रभित्र अध्यापन नहुने प्राविधिक तथा व्यावसायिक कक्ष तथा तहहरूमा अध्ययनरत छोरी—बुहारीहरूलाई प्रति विद्यार्थी १ लाख रुपैयाँ दिइने छ।

यस्तै साधारण विषयमा स्नातक वा स्नात्तकोत्तर अध्यनरत छोरी(बुहारीलाई अधिकतम २५ हजार रुपैयाँ छात्रवृत्ति दिइने नगरपालिकाले जनाएको छ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top