काठमाडौं – नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड मर्ज भई बनेको नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । चैत ४ गतेदेखि लागू हुने गरी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको जानकारी कम्पनीले दिएको छ ।
शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै कम्पनीको शेयर दाखिला खारेज, नामसारी, धितोबन्धक, डिम्याट शेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कार्यहरू नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले गर्नेछ ।
दुई कम्पनीले मर्जर प्रक्रिया पुरा गरी फागुन ३० गतेदेखि एकिकृत कारोबार सुरू गरेका हुन् ।