Nexkhabar

नेप्सेमा ५८.५८ अंकको वृद्धि

काठमाडौँ-  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज ५८.५८ अंकको वृद्धि आएको छ ।

कारोबार सुरु भएदेखि नै बढेको नेप्से परिसूचक दिनको अन्त्यमा २ दशमलव ८५ प्रतिशतले बढेको हो । योसँगै नेप्से परिसूचक २१११ अंकको बिन्दुमा पुगेर रोकिएको छ ।

यस अवधिमा २२० कम्पनीको शेयर मूल्य बढेको छ । यस्तै, चार कम्पनीको मूल्य स्थिर रहेको छ भने अन्य २२ कम्पनीको शेयर मूल्य घटेको छ । परिसूचक सकारात्मक बृद्धि भएकाले आज ४ अर्ब ५५ करोड १६ लाख रुपैयाँ बराबरको १ करोड ६ लाख कित्ता सेयर किनबेच भएको हो ।

परिसूचक ५५ अंकले बढ्दा ५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । आज शिवम सिमेन्टको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । आज यो कम्पनीको ३७ करोड १९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै सोनापुरको २४ करोड ९ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top