Nexkhabar

नेपाल हाइड्रोजन युगमा प्रवेश, परीक्षण सफलतापूर्वक सम्पन्न

काठमाडौं – नेपाल पनि हाइड्रोजन युगमा प्रवेश गरेको छ । काठमाडौं विश्वविद्यालयले आइतवार हाइड्रोजन रिफिलिङ स्टेसनको परीक्षण सफलतापूर्वक सम्पन्न गरेसँगै नेपाल हाइड्रोजन युगमा प्रवेश गरेको हो ।

विश्वविद्यालय अन्तर्गतको नेपाल हाइड्रोजन इनिसियटिभ्सका परियोजना प्रमुख तथा एसोसिएट प्राडा. विराजसिंह थापाका अनुसार स्टेसनको सबै परीक्षण सम्पन्न भएपछि उत्पादित हाइड्रोजनलाई कारमा राखिएको छ ।

उनले यस कार्य सफल गर्नु सगरमाथा चढनु सरह भएको प्रतिक्रिया दिएका छन् । अविरल र अथक प्रयासपछि पाएको यस सफलताले विधिवत् रुपमा हाइड्रोजन युगमा नेपाललाई प्रवेश गराएको उनको भनाइ छ ।

“विश्वविद्यालयले नै भएपनि हाइड्रोजन उत्पादन गरेर, भण्डारण गरेर, गाडीमा रिफिलिङ गर्ने काम सफलतापूर्वक गरेका छौं । उक्त हाइड्रोजन नेपालकै जलविद्युत र पानी प्रशोधन गरेर तयार पारिएको हो,” उनले भने ।

अब औपचारिक रुपमा कार्यक्रम गरेर यस रिफिल स्टेसनको उद्घाटन गर्ने थापाले बताए ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top