Nexkhabar

नेपाल टेलिकमको नाफा घट्यो

काठमाडौं- नेपाल टेलिकमले आर्थिक वर्ष २०८०/८१ को अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। जस अनुसार यस अवधिमा कम्पनीको खुद नाफा १६.४४ प्रतिशतले घटेको छ।

यस अवधिमा कम्पनीको खुद नाफा ६ अर्ब ६१ करोड रहेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ७ अर्ब ९२ करोड थियो ।

कम्पनीको सेवा बिक्रीबाट हुने आम्दानी पनि ४.९९ प्रतिशतले घटेर ३४ अर्ब ४६ करोडमा सिमित भएको छ। कम्पनीको कुल आम्दानी ६.३२ प्रतिशतले घटेर ४१ अर्ब ६१ करोड कायम भएको छ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ४४ रुपैयाँबाट घटेर ३६.७७ रुपैयाँ कायम भएको छ। कम्पनीको प्रति शेयर नेटवर्थ ५२५.४३ रुपैयाँ रहेको छ । कम्पनीको  जगेडा कोषमा ७६ अर्ब ५७ करोड रुपैयाँ सञ्चित छ भने कम्पनीको चुक्ता पुँजी १८ अर्ब रहेको छ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top