काठमाडौं – त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा घरेलु टोली नेपाल मंगलबार पराजित भएको छ । नेपाल नामिबियासँग २० रनले पराजित भएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ओभरमा चार विकेट गुमाउँदै २०६ रन बनाएको थियो । जवाफमा नेपालले १८.५ ओभरमा अलआउट हुँदा १८६ रन मात्रै बनाउन सकेको थियो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४८ रन बनाए । कप्तान रोहित पौडेलले पनि ४२ रनको योगदान गरे । कुशल मल्ल ३२ रन बनाउँदै आउट भए । सोमपाल कामीले पनि टोलीको खातामा २६ रन थपे । करण केसी दुई रनमा अविजित रहे । नेपालले अतिरिक्त रुपमा सात रन पायो ।