Nexkhabar

नागार्जुन ५ मा सामाजिक सुरक्षा भत्ता वितरण सुरु

काठमाडौं- नागार्जुन नगरपालिका वडा नम्वर ५ कार्यालयले सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । वडा कार्यालयले सितापाइला चोकमा रहेको एनएमबी बैंकबाट भत्ताको पछिल्लो किस्ता वितरण थालेको हो ।

कार्यालयले भत्ता लिन जानका लागि वडावासीलाई आग्रह गरेको छ । भत्ता लिन जान नसक्नेहरुका लागि वडा कार्यालयले एकाघरका सदस्यलाई सिफारिस दिँदै आएको छ । उक्त सिफारिस प्राप्त व्यक्तिलाई बैंकले भत्तावापतको रकम उपलब्ध गराउने वडाध्यक्ष महेश रिमालले जानकारी दिनुभयो । बुधबार ६८ वर्ष उमेर पुगेका नागरिकहरुका लागि बृद्धावस्था वितरण गरिने र बिहिवार अन्य सामाजिक सुरक्षा भत्ता वितरण गरिने उहाँले जानकारी दिनुभयो ।

वडा कार्यालय अन्तर्गत ३ सय भन्दा बढी नागरिकले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन् ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top