Nexkhabar

नागार्जुन नगरपालिकाको वित्तीय समानीकरण अनुदान बढ्यो

काठमाडौं – नागार्जुन नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा पाउने वित्तीय समानीकरण अनुदान बढेको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि सरकारलाई गरेको सिफारिस अनुसार नागार्जुन नगरपालिकाले पाउने अनुदान बढेको पाइएको हो । नगरपालिकाले चालु आर्थिक वर्षमा १८ करोड ४८ लाख रुपैंया अनुदान पाएकोमा आगामी आर्थिक वर्षमा १९ करोड ९० लाख रुपैंया अनुदान पाउने भएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८१र८२ को लागि स्थानीय तहलाई ८८ अर्ब रूपैयाँ वित्तीय समानीकरण अनुदान सिफारिस गरेको छ। स्थानीय तहतर्फ समानीकरण अनुदानमा न्यूनतम २६ अर्ब ६८ करोड ५० लाख, सूत्रमा आधारित ५७ अर्ब ७९ करोड ५० लाख र कार्यसम्पादनमा आधारित ३ अर्ब ५२ करोड गरी ८८ अर्ब रुपैयाँ सिफारिस गरेको हो।

वित्त आयोगको सिफारिसकै आधारमा आगामी बजेटबाट संघीय सरकारले वित्तीय समानीकरण अनुदान उपलब्ध गराउनुपर्ने हुन्छ। आयोगले यो न्यूनतम आवश्यकता, सूत्रमा आधारित र कार्यसम्पादन मूल्यांकनका आधारमा अनुदान उपलब्ध गराउँछ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top