Nexkhabar

धिमे तथा बासुरी बाजा प्रशिक्षकहरू सम्मानित

काठमाडौं –  टौखेल हाईट बलामी गुथि समाजद्वारा आयोजित स्थानीय भाषा तथा नेवाः संस्कृति संरक्षणमा सहकार्य अन्तरगत धिमे बाँजा तथा बांसुरी बाँजा प्रशिक्षण कार्यक्रमका प्रशिक्षार्थीहरुले गुरु पूर्णिमाको उपलक्ष्यमा प्रमुख प्रशिक्षक प्रेम कुमार श्रेष्ठ, प्रशिक्षक सुन्दर श्रेष्ठ र प्रशिक्षक सविन प्रधानलाई गुरु पून्ही विशेष कार्यक्रम गरी सम्मान गरेको छ।

उक्त कार्यक्रममा गुथि समाजका पदाधिकारी लगायत धिमे बाँजा तथा बाँसुरी बाँजा प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो।

प्रशिक्षार्थीहरुले गुरूहरूबाट प्राप्त हौसला र प्रेरणा अविष्मरणीय रहेको बताउनु भयो। कार्यक्रममा धिमे बाँजा तथा बाँसुरी बाँजा प्रशिक्षण कार्यक्रमका प्रशिक्षार्थीहरूले धिमे तथा बाँसुरी बाँजाका धुनहरू प्रस्तुति रहेको थियो। साथै उक्त कार्यक्रममा प्रशिक्षकको समेत प्रस्तुति रहेको थियो।

प्रशिक्षार्थीहरुले गुरुहरूलाई सम्झना स्वरूप मायाको चिनो हस्तान्तरण गर्नुका साथै प्रशिक्षण कार्यक्रमको समिक्षा गरिएको थियो। साथै गुथि समाज र प्रशिक्षार्थीहरूले भावी योजना सम्बन्धमा समेत छलफल भएको थियो।

नेवाः अमूर्त सम्पदा संस्कृति संरक्षणमा दत्त चित्त युवा प्रशक्षार्थीहरुको यो प्रयास सराहनीय रहेको गुथिका अध्यक्ष भाइकाजी बलामीले बताउनु भयो ।

 

Loading spinner

प्रतिक्रिया

Scroll to Top