Nexkhabar

देशको आर्थिक तथा वित्तीय स्थिति कस्तो छ ?

काठमाडौं- नेपाल राष्ट्र बैंकले सोमबार चालू आर्थिक वर्ष २०८०/८१ को १० महिनासम्मको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । सार्वजनिक तथ्यांक अनुसार मुलुकको मुद्रास्फीति ४.४० प्रतिशत छ ।

सार्वजनिक प्रतिवेदन अनुसार १० महिनामा रेमिट्यान्स १९.२ प्रतिशतले बृद्धि भएर ११ खर्ब ९८ अर्ब ६० करोड पुगेको छ । चैतसमम्म १० खर्ब ८२ अर्ब ६२ करोड रहेको रेमिट्यान्स बैशाखमा १ खर्ब १६ अर्बले बढेको हो ।

वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाइमा आधारित मुद्रास्फीति ४.४० प्रतिशत छ ।
आयात २.४ प्रतिशत, निर्यात ३.६ प्रतिशत र कुल वस्तु व्यापार घाटा २.३ प्रतिशतले घटेको छ ।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९.२ प्रतिशतले र अमेरिकी डलरमा १७१ प्रतिशतले बढेको छ ।
शोधनान्तर स्थिति रु ३९२ अर्ब ६४ करोडले बचतमा छ ।
कुल विदेशी विनिमय सञ्चिति रु १९४२ अर्ब ४० करोड र अमेरिकी डलरमा १४ अर्ब ५४ करोड छ ।
नेपाल सरकारको खर्च रु १०५६ अर्ब ८९ करोड र राजस्व परिचालन रु ८३१ अर्ब ९३ करोड छ ।
विस्तृत मुद्राप्रदाय ८.१ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.४ प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७८ प्रतिशतले वढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ४.७ प्रतिशतले बढेको छ ।
वार्षिक बिन्दुगत आधारमा निक्षेपको बृद्धिदर १२.८ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ५.२ प्रतिशत छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top