Nexkhabar

दाँत बिगार्ने १० कारण

दाँत हाम्रो स्वास्थ्यको मात्र विषय नभएर सौन्दर्यको विषय पनि हो । दाँत सफा,स्वस्थ भयो भने हामी खुलेर हाँस्न,बोल्न सक्छौ । तर हाम्रो सामान्य हेलचेक्र्याइँ गर्दा हाम्रो दन्त स्वास्थ्य उदेकलाग्दो बनिरहेको हुन्छ ।

दाँत बिगार्ने १० कारण:

–राती सुतेको समयमा दाँत कट्कटाउनु, पेन्सिल या कलम टोक्नु, आइसक्रिम चपाएर खानुजस्ता बानीले दाँतको इनामेल र दाँतसम्बन्धी हड्डीमा नराम्रो असर पर्छ ।

–हतार हतार ब्रस गर्दा दाँतको इनामेल कमजोर हुन्छ । त्यसैले दाँतलाई स्वस्थ बनाउन अलि समय लगाएर ब्रस गर्नुपर्छ र दिनमा कम्तीमा दुई पटक दाँत माझ्नुपर्छ । नरम ब्रसले दाँतको बाहिर र भित्र दुवैतर्फ सफाइ गर्नुपर्छ । मुखको हरेक कुनामा ब्रस पुग्नुपर्छ । ब्रसलाई तीन–चार महिनामा बदल्नुपर्छ ।

–डाक्टरको सल्लाह बिना कुनै पनि औषधि सेवन गर्दा समस्या निम्तिन सक्छ । यसैले जब तपाईँलाई दाँत, मुख या शरीरको अन्य भागमा समस्या महसुस भएको छ भने घरेलु उपचारमा नलागी डाक्टरकहाँ जानुहोस् ।

–नियमित रूपमा परीक्षण दाँतको स्वास्थ्यका लागि अत्यन्त आवश्यक छ । दाँतमा पीडा, सडन, सेन्सिटिभिटी हुने बेलासम्म नकुर्नुहोस्।् । त्यसैले कम्तीमा वर्षमा एक पटक डेन्टिस्टसंग परीक्षण गराउनुपर्छ ।

–दन्त परीक्षणपछि फलोअपका लागि डाक्टरले बोलाएका छन् भने त्यसलाई फलो गर्नुहोस्।

–दाँतको उपचार गर्नु पूर्व पहिले कस्तो रोगमा कस्तो उपचार गर्नुभएको थियो भनेर सबै विवरण भन्नुहोस्। शरीरका अन्य भागको समस्या बताउँदा पनि दाँतको उपचारमा पनि लाभकारी हुन सक्छ ।

–बढी सोडा, कोल्ड ड्रिङ्कजस्ता पेय पदार्थ पिउनाले दाँतलाई हानी गर्छन् । यिनीहरूले दाँतको इनामेललाई नोक्सानी पुर्याउँछन् र दाँतमा झन्झनाहट पैदा हुन्छ । यस्तै, अधिक मात्रामा गुलियो र टाँसिने पदार्थ जस्तै, क्यान्डी, चिप्स, क्रिम, बिस्कुट खानाले दाँतमा सडन पैदा हुन्छ ।यसकारण यी चिज कम खानुपर्छ ।

–दाँत स्वस्थ रहनको लागि ब्रस गर्नुका साथै माउथवास र फ्लासिङ पनि जरुरी हुन्छ । मुखलाई कीटाणुरहित बनाउन राती सुत्नुअघि एन्टिसेप्टिक माउथवासबाट एक पटक कुल्ला गर्न आवश्यक छ ।

–हरियो सागपात र फलफूल दुवै दाँतको स्वस्थताका लागि जरुरी हुन्छ । यी पदार्थबाट शरीरमा भिटामिन पाइन्छ । भिटामिन सी र भिटामिन डी दाँतका लागि फाइदाजनक हुन्छ । भिटामिन सी ले गिजा स्वस्थ पार्छ ।

–चुरोट, बिडी, सुर्तीजस्ता सुर्तीजन्य पदार्थले गिजामा हानी गर्छ । दाँत पहेँलो, कालो भएर बिग्रन्छ । यस्ता पदार्थ समग्र स्वास्थ्यका लागि नै हानिकारक छन्।

Loading spinner

प्रतिक्रिया

Scroll to Top