काठमाडौ – मकवानपुरको थाहा नगरपालिकाले अक्सिजनको सुविधा दिने भएको छ । नगरपालिकाले आफ्नो प्लान्टबाट अक्सिजन उत्पादन गरि सर्वसाधारणलाई उपलब्ध गराउन लागेको हो ।
नगरपालिकाले शुक्रवार सूचना जारी गर्दै अक्सिजन प्राप्त गर्न आवश्यक प्रकृयाका विषयमा जानकारी दिएको छ । अक्सिजन उपयोग गर्नका लागि सिलिन्डरको क्षमता अनुसार धरौटी रकम जम्मा गर्नुपर्ने नगरपालिकाले जनाएकोछ ।
दस लिटरको अक्सिजन सिलिन्डर भर्नकालागि ३ सय रुपैयाँ र ४० देखि ५० लिटरको सिलिन्डर भर्न ६ सय ५० रुपैयाँ लाग्ने नगरपालिकाले जनाएको छ ।
