Nexkhabar

त्रिभुवन विमानस्थल सुरक्षा प्रमुख चन्दद्वारा राजीनामा

काठमाडौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले पदबाट राजीनामा दिएका छन् ।

व्यक्तिगत कारणले आफूले राजीनामा दिएको प्रहरी नायब महानिरीक्षक चन्दले जानकारी दिए। उनले भने, ‘मैले मेरो व्यक्तिगत कारणले शुक्रवार राजीनामा दिएको छु, बाँकी अहिले म केही भन्दिनँ ।’

चन्दको उमेर हदको सेवाअवधि आउँदाे २०८१ चैत मसान्तसम्म रहेको थियो ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top