Nexkhabar

तत्कालीन सेञ्चुरी बैंकका अध्यक्षसहित ८ जना पक्राउ

काठमाडौं- तत्कालीन सेञ्चुरी बैंकका अध्यक्षसहित ८ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई नियन्त्रणमा लिएको हो ।

ब्युरोका एसपी होबिन्द्र बोगटीले बैंकिङ कसुरमा उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिए । यसअघि पनि १५ फागुनमा धितोले खामेभन्दा बढी कर्जा दिएको आरोपमा तत्कालीन सेञ्चुरी बैंकका सीईओसहित १० जना पक्राउ परेर छुटेको थिए ।

बैंकका तत्कालीन सीईओहरु तुलसी गौतम र मनोज न्यौपानेसहितलाई पक्राउ गरिएकामा उनीहरू हाजिर जमानीमा छुटेका थिए।

Loading spinner

प्रतिक्रिया

Scroll to Top