Nexkhabar

डेढ किलो सुन र डेढ करोड रकमसहित ५ जना पक्राउ

काठमाडौं – उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक केजी ८ सय ग्राम सुन र डेढ करोड रुपैयाँसहित सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तीन भारतीय नागरिक रहेका छन् भने चार जना नेपाली छन् ।

काठमाडौंको न्युरोडमा विशेष सूचनाका आधारमा नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालयले छापामार्दा न्युरोडको एक हुण्डी गोदाममा छापा मार्दा उक्त सुन, रकम र संलग्नहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले दार्चुला महाकाली नगरपालिका वडा नं ३ टाँटे बस्ने ४७ वर्षीय गणेश दत्त बडू र आयुष बडू, झापा बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल पक्राउ गरेको छ ।त्यस्तै भारत महाराष्ट्रका अमोल बिभुते, ऋषिकेश प्रकाश बिभुते र गणेश सतिश बाल्टे पक्राउ परेका छन् ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top