काठमाडौं – बागमती प्रदेश विद्यालय स्तरीय हस्तलेखन प्रतियोगीतामा सीतापाइलास्थित ज्योति एकेडेमीका विद्यार्थी प्रधुम्न गौतम पुरस्कृत भएका छन् । केट्रयाक नेपालले आयोजना गरेको प्रतियोगितामा सहभागी पाँच हजार प्रतियोगी मध्ये ज्योति एकेडेमीका विद्यार्थी प्रधुम्न गौतम नगद पुरस्कार १५ हजार रुपैंया सहित पुरस्कृत भएका हुन् ।
कक्षा ८ देखि १० तर्फ चितवन भरतपुरस्थित अरोमा अंग्रेजी मावीका देवेन्द्र साह प्रथम, काठमाडौं सितापाईलास्थित ज्योति एकेडेमीका प्रधुम्न गौतम द्धितिय र काठमाडौंस्थित व्हाईट किट इन्टरनेशनल स्कुलका सामुल रायमाझी तृतीय भएका थिए ।
कक्षा २ देखि ४ तर्फ काठमाडौंस्थित नोबल एकेडेमीका राजा चेम्जोगं प्रथम, काठमाडौंस्थित रोजबर स्कुलका लुनीभा मानन्धर द्धितिय र हेटौडास्थित ज्ञानदोय बालबाटिका आवासिय माविका स्पन्धन रायमाझी तृतीय भएका थिए ।
यस्तै, कक्षा ५ देखि ७ तर्फ काठमाडौंस्थित कान्जीरोवा नेश्नल स्कुलका सिन्जा पौडेल प्रथम, काठमाडौंस्थित घलराज मेमोरीयल स्कुलकी प्रकृती लकन्द्री द्धितिय र ललीतपुरस्थित निहारीका पव्लीक स्कुलका आकृती चौधरी तृतीय भएका थिए ।
कसमस एजुकेशनका निर्देशक रमेश पराजुलीको अध्यक्षता तथा मन्त्रीपरिषद्का अध्यक्ष खिलाराज रेग्मीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा विजेता विद्यार्थी तथा विद्यालयका झण्डै पाँच सय प्रतिनिधी विद्यालयहरु समावेश भएका थिए ।
कार्यक्रममा उत्कृष्ट एक सय विद्यार्थीहरुलाई पुरस्कार वितरण गरीएको थियो ।