काठमाडौं- चन्द्रागिरी सडकखण्डमा सुमो दुर्घटना भएको छ । गणेशमान सिंह राजमार्ग अन्तर्गत सेतो पहरा क्षेत्रमा ना . १ ज ६२६१ नम्बरको सुमो दुर्घटना भएको हो ।
काठमाडौंबाट चित्लाङतर्फ गइरहेको सुमो दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा केही यात्रु घाइते भएको बुझिएको छ ।
थप विवरण आउन बाँकी छ ।
तस्वीर : निरबहादुर श्रेष्ठ