काठमाडौं – काठमाडौंलाई मकवानपुरसङ्ग जोड्ने सबैभन्दा छोटो गणेशमान सिंह मार्ग (चन्द्रागिरि सडक) मा यातायात आवागमन बन्द गरिने भएको छ ।
सडक स्तरीकरणका लागि आवतजावत बन्द गर्न लागिएको हो । सडक डिभिजन कार्यालय काठमाडौंले आगामी जेठ २४ गतेदेखि असार २० गतेसम्म सडकको आवागमन रोक्न सरोकारवाला सबै निकायलाई पत्राचार गरेको छ ।

सडकमा बिहान ९ बजेदेखि साझ ४ बजेसम्म आवागमन रोक्न पत्राचार गरिएको हो ।
सडक निर्माणका क्रममा हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै दिउसोको समयमा आवतजावत रोक्न लागेको जनाएको छ ।