काठमाडौं- चन्द्रागिरिको सेतोपहरा भन्ने स्थानमा गत पुस २८ गते भएको कार दुर्घटनामा एकै परिवारका पाँच सदस्यले ज्यान गुमाए । काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको प्रदेश ३-०१-०२३ च ६९८५ नम्बरको कार दुर्घटना हुँदा काठमाडौं महानगरपालिका ३० मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, ६४ वर्षीया कल्पना तिवारी, काठमाण्डौं महानगरपालिका २ लाजिम्पाटका ३८ वर्षीय डा. महेश कुमार गौतम, ४ वर्षीय प्रियान्स र ६ वर्षीया बालिका स्मारिका गौतमले ज्यान गुमाएका थिए । संयोगवशः कारमा सवार डा. सृष्टी तिवारी गौतम सकुशल रहिन् ।
त्यसअघि साउन १२ गते बा १० च ३५४६ नम्बरको भ्यान दुर्घटना हुँदा चालक नवराज थोकर तामाङ र अनिल तामाङको मृत्यु भएको थियो । त्यस अघि पनि चन्द्रागिरि सडक निर्माणकै क्रममा भएको एउटा दुर्घटनामा डोजरका चालकको मृत्यु भएको थियो ।
गत पुस २८ को कार दुर्घटनासँगै यो सडकको चर्चा चुलिएको छ । दुर्घटनामा मृतक परिवारले सो ठाउँमा भगवान शिवको मन्दिर निर्माण गर्ने भएको छ ।
काठमाडौं लाजिम्पाटका शैलेन्द्रकुमार गौतमले सेतो पहरा क्षेत्रमा महादेव मन्दिर निर्माण गर्न लागेका हुन् । उनले शनिवार इन्जिनियर सहितको टोली लिएर मन्दिर निर्माणस्थल अवलोकन गरेका छन् ।
परिवारको चिर शान्तिको कामना गर्दै आगामी दिनमा यस्तो दुर्घटना नहोस् भनेर मन्दिर स्थापना गर्न लागेको गौतमले जानकारी दिए । मन्दिर निर्माणसँगै आसपास वृक्षारोपण गर्ने तयारी पनि रहेको छ । स्थानीयले पनि सो क्षेत्रमा वृक्षारोपण गर्न जरुरी रहेको बताउँदै आएका छन् ।

यस अघि सेतोपहरा सडकखण्डमा सेतीदेवी र बुद्धको मूर्ति स्थापना गरिएको थियो । स्थानीय हरि महतको पहलमा उक्त मूर्ति स्थापना गरी प्रतिक्षालय र सौर्यबत्तीको समेत व्यवस्था गरिएको छ । सो क्षेत्रमा सवारी चालकहरुले आफ्नो सवारीसाधनको नम्वर लेखेर ऐनासमेत टाँग्न थालेका छन् । भगवनाको मूर्ति स्थापना गरी र ऐना चढाउनाले दुर्घटना नहुने जनविश्वास रहि आएको छ ।
दुर्घटनापछि अहिले सडकलाई थप स्तरीकरण गरिएको छ । हाल बाटोलाई केही फराकिलो बनाएर पर्खालहरु निर्माण गरिएको सडक सरोकार समितिका संयोजक रामशरण नेपालले जानकारी दिए ।

केन्द्रिय राजधानी काठमाडौं र प्रदेश राजधानी हेटौंडालाई जोडने सबैभन्दा छोटो यो मार्गको ट्रयाक खुलेको ६८ वर्ष वित्दा पनि कालोपत्रे हुन सकेको छैन । राणाकालमा कुलेखानी, भीमफेदी हुँदै यही बाटो भएर काठमाडौंमा गाडी बोकेर ल्याइन्थ्यो ।
यो सडकको लम्वाइ थानकोट गोदामदेखि मकवानपुर भंज्याङसम्म करिब २२ किमि छ ।
यो पनि