Nexkhabar

चन्द्रागिरिमा दुइ ठाउँमा पहिरो, सडक अवरुद्ध

काठमाडौं – गएराति परेको अविरल वर्षासँगै गएको पहिरोका कारण थानकोट – चित्लाङ  (गणेशमान सिंह मार्ग) अवरुद्ध भएको छ । कतै पहिरो त कतै ढुंगा खसेका कारण सडक अवरुद्ध हुन पुगेको हो ।

चित्लाङका स्थानीय प्रेम बलामीले विहान साढे ५ बजे पुग्दा नै पहिरो गइसकेको जानकारी दिए । “म बिहान जाँदा पहिरो गएको रहेछ, बल्लतल्ल आए” बलामीले भने ।  उनले दुई ठाउँमा पहिरो गएको र अन्यत्र ढुंगाहरु मात्रै खसेको जानकारी दिए । उनले एक ठाउँको पहिरो पन्छाउन जेसिबी नै आवश्यक पर्ने बताए ।

सडक अवरुद्ध भएसँगै सो सडक हुँदै काठमाडौं चित्लाङ आउजाउ गर्ने सवारीसाधनहरु लाइन लागेको छ । अहिले सडकमा आएको पहिरो पन्छाएर आवागमन सुचारु गर्ने पहल भईरहेको छ ।

चन्द्रागिरि सडक अहिले स्त्तरोन्नतीको क्रममा विभिन्न चरणमा काम भईरहेको छ । यो मार्ग हुँदै काठमाडौंबाट एक घण्टामै चित्लाङ पुग्न सकिन्छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top