काठमाडौं- काठमाडौंको गोकर्णेश्वर–९ शिवपुरी चोकमा एक किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ परेका व्यक्ति दैलेखमा स्थायी बसोबास गर्दै हाल गोकर्णेश्वरमा शिविरमा बसेका २३ वर्षीय आर्यन भनिने राजन सुनार हुन् ।
केही दिनदेखि पिसाब गरिरहेकी छोरी रुन थालेपछि पीडितकी आमाले घटनाबारे थाहा पाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उनलाई गत माघ २२ गते नजिकैको अस्पतालमा उपचारका लागि ल्याउँदा चिकित्सकले शंका व्यक्त गरेको उजुरीमा उल्लेख छ । छोरीलाई पछि सोधपुछ गर्दा पुस १२ मा फुपुका साथी आर्यन आएर आएर जबरजस्ती करणी गरेको उजुरीमा उनले दावी गरेकी छन् ।
‘मलाई चक्लेट दिन्छु भनेर शौचालयमा लगेर शरीरको ( ……..… ) गर्नुभयो र त्यसपछि लुगा लगाएर फेरि कोठामा राखेर कसैलाई नभन्न भन्नुभएको थियो’, पीडितले भनेकी छन् ।
‘आर्यन दादा कोठामा आएपछि फपु पसलमा चटपटे किन्न गएको थियो, त्यतिबेला म शौचालय गएँ’, उनले भनिन्, ‘दादाले त्यसबेला करणी गरेका थिए ।
आरोपित आर्यनले प्रहरीलाई अस्वीकार बयान दिएका थिए । पीडितको मेडिकल चेकअपका क्रममा उनको कमजोर अंगमा घाउ भेटिएको थियो ।
उनीहरुको अनुसन्धानपछि प्रहरीले अनुसन्धान प्रतिवेदनसहित जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको थियो । सो प्रतिवेदनका आधारमा सरकारी वकिलले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।