Nexkhabar

*शिवम मनि ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार

काठमाडौं- रौतहटमा शिवम मनि ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार भएको छ। शुक्रबार ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली प्रहार भएको हो।

गोली प्रहार गर्ने तीन जना भारतीयलाई प्रहरीले हतियारसहित नियन्त्रणमा लिएको छ। भारतीय लुटेरा समूहले सञ्चालक साहमाथि गोली प्रहार गरी लुटपाट गर्न सुरु गरेका थिए।

लुटेरा समूहले चलाएको गोली साहको कन्चटमा लागेको छ। गोली लागेर गम्भीर घाइते भएका साहको गौर अस्पतालमा सामान्य उपचार पश्चात् वीरगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ।

लुटपाटमा संलग्न भारत मोतिहारिका १७ वर्षका मुनिस यादव १८ वर्षीय राजकुमार पासवान र १७ वर्षीय चन्द्रभान सिहलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले जानकारी दिए।

*सम्पादन गरिएको ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top