काठमाडौं – ग्लोबल आईएमई बैंक लिमिटेडले विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरू प्रदान गर्ने गरी छुट्टै लाउन्ज ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको छ ।
आइतबार बैंकमा आयोजित एक विशेष कार्यक्रमका बीच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आईएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक तथा नगद जम्मा गर्ने मेसिन र एटीएम मेसिन जस्ता अत्याधुनिक मेसिनहरू रहेको डिजिटल युनिभर्सको उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा अध्यक्ष ढकालले डिजिटल युनिभर्सको सञ्चालनले डिजिटल बैंकिङलाई प्रवर्द्धन गर्दै आम जनतालाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्नुका साथै ग्राहकलाई सरल र सहज बैंकिङ सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।