Nexkhabar

गुँला पर्वमा बलामीहरूको उत्साहजनक सहभागिता 

काठमाडौं – नागार्जुन नगरपालिका ६  टौखेल हाईट बलामी गुथी समाजद्वारा  प्रशिक्षित धिमे: तथा बाँसुरी बाँजा टोलीले स्वयम्भू परिक्रमा गरी गुँला पर्वमा सहभागिता जनाएका छन्। गुथि समाजले सांस्कृतिक जागरण तथा स्थानीय संस्कृती संरक्षण अभियान अन्तरगत विविध कार्यक्रम सम्पन्न गर्दे आएको छ।

बलामीहरू आफूलाई नेवाः जाति अन्तरगत रहेको बताउछन्। नागार्जुन नगरपालिकामा टौखेल, रानीपाटी ईलाकामा बलामीहरुको बाक्लो उपस्थिति रहेको छ। बाजाँ टोलीले टौखेल हाईट बलामी

गुथी समाजको भवन नजिकै नास द्य: लाई विशेष धुन अर्पण गरी स्वयम्भू तर्फ प्रस्थान गरेको थियो।  बाँजा टोलीले विशेष धुन करिब घण्टा स्वयम्भू परिक्रमा गरेको थियो। बाँजा टोलीले प्रशिक्षण समापन पश्चात पहिलो पटक स्वयम्भूमा गुंला पर्वमा सहभागिता जनाएको गुथि समाजले जानकारी दिएको छ । गुँला पर्वमा विशेष गरी बाँजा टोलीहरूले नजिकको चैत्य, वहाल, मठ तथा स्तुपा र विहारमा विशेष धुन हरू सहित परिक्रमा गर्ने प्रचलन रहेको छ। गुथि समाजको पहिलो पटक सहभागिता जनाएको भएतापनि युवा पुस्ताको उल्लेखनिय सहभागिता रहेको थियो। सँस्कृति सँरक्षणमा बलामी युवाहरुको उत्साहजनक सहभागीताले सँस्कृति सँरक्षण एवं पुस्तान्तरणको प्रयास ज्यादै सराहनीय पक्ष हो ।

गुथिका पदाधिकारी तथा बाँजा टोली र प्रशिक्षक सुन्दर श्रेष्ठ सहितको टोलीले मन्दिरमा करिव १ घण्टा बाँसुरी तथा धिमे: विशेष धुनहरु प्रस्तुति गरी बाँजा टोली गुथि भवनमा फिर्ता भएको थियो।

 

Loading spinner

प्रतिक्रिया

Scroll to Top