Nexkhabar

गर्मीले युरोपमा एक वर्षमै ४७ हजारको मृत्यु

सोमबार अर्थात् अगष्ट १२ मा बेलायतको क्याम्ब्रिजको अधिकतम तापक्रम ३४.८ डिग्री सेल्सियस पुग्यो । यो तापमान यस वर्षको सबैभन्दा उच्च हो । गत वर्षको जुलाइमा त्यहाँको अधिकतम तापमान ३२ डिग्री सेल्सियससम्म पुगेको थियो ।

यसअघि सन् २०२२ मा त्यहाँको तापक्रम ४०.३ डिग्री सेल्सियससम्म पुगेको थियो । बेलायतमा सन् २०२२ को अगष्ट १३ यता पहिलोपटक तापक्रम यो वर्ष यति उच्च बनेको हो । बेलायतको साउथपोर्टमा त समुद्र नै सुक्दै गएको छ । त्यहाँ समुद्री तट छ तर पानी छैन । मानिसहरु समुद्री तटमा छन् तर समुद्रका छालहरुको आनन्द लिन पाइरहेका छैनन् ।

मौसम विभागका अनुसार सन् १९६१ पछि तापक्रम यतिधेरै उच्च विन्दुमा पुगेको यो ११औं वर्ष हो । अझ डरलाग्दो त के भने ती ११ वर्षभन्दा ८ वर्ष त सन् २००० पछिका वर्षहरु हुन् । बेलायत तथा समग्र युरोपबासीलाई न यतिधेरै गर्मी खप्ने बानी छैन । तर, विश्व उष्णीकरणसँगै बढिरहेको तापमान भोग्नैपर्ने समस्या बनिरहेको छ ।

अस्पतालहरुमा गर्मीसँग सम्बन्धित समस्याहरू तथा रोगहरु लिएर मानिसहरू आउने क्रम बढिरहेको छ । गतवर्ष युरोपले भयानक गर्मीको सामना गर्‍यो । त्यसक्रममा युरोपमा कुल ४७ हजार मानिसको मृत्यु भएको थियो । बार्सिलोना इन्स्टिच्युट फर ग्लोबर हेल्थले गरेको अध्ययनको यस तथ्यको खुलासा गरेको हो ।

युरोपको दक्षिणी हिस्सा गत वर्ष गर्मीबाट सबैभन्दा धेरै प्रभावित भएको थियो । स्मरण रहोस् गत वर्ष सन् २०२३ पृथ्वीको इतिहासकै सबैभन्दा गर्मी वर्ष रह्यो । जलवायु परिवर्तनका कारण बाँकी विश्वजस्तै युरोप पनि तातिरहेको छ । एजेन्सी

Loading spinner

प्रतिक्रिया

Scroll to Top