Nexkhabar

गर्मीमा खानुपर्ने १० फलफूल

गर्मी मौसम शुरु भएको छ । यससँगै अब हामीले आफूलाई स्वस्थ राख्नका लािग खानेकुराहरुमा ख्याल गर्नुपर्छ । के के खानेकुराले हामीलाई शितलता दिन्छ त ?

अङ्गुर
अङ्गुर गर्मीमा सजिलै पाइने फल हो। यो पोटासियमको एक धनी स्रोत हो। उच्च कोलेस्ट्रोल भएकाले समेत अङ्गुर खानु राम्रो मानिन्छ। अङ्गुरले मुटुलाई स्वस्थ राख्छ। अङ्गुरले धेरै भाइरल इन्फेक्सनलाई पनि रोक्छ र आँखाको क्षयलाई रोक्छ। यसले अपच कम गराउँछ र स्तन क्यान्सरसँग लड्न मद्दत गर्छ।

तरबुजा
तरबुजा बिना गर्मी मौसम अधुरो जस्तै छ। यो गर्मी मौसममा खाइने सबैभन्दा राम्रो र चिसो फल हो। तरबुजा स्वस्थ र सस्तो पनि हुन्छ। यो पानी सँगै भिटामिन ुए र सीुको पनि राम्रो स्रोत हो। भिटामिन ए ले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र आँखाको लागि राम्रो गर्छ। भिटामिन सीले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ। तरबुजामा भिटामिन बी६ र पोटासियम पनि हुन्छ। पोटासियमले शरीरमा पानीको सन्तुलन कायम राख्छ भने भिटामिन बी६ ले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। पोटासियमले मांसपेशी दुख्नबाट पनि बचाउँछ र मुटुलाई पनि स्वस्थ राख्छ। तरबुजा खाँदा छालालाई घामको किरणबाट हुने क्षतिबाट बच्न समेत मद्दत गर्छ।

किवी
किवी सबैभन्दा पोषक तत्त्वले भरिएको फल हो। यसमा भिटामिन ए, सी, र बी६, म्याग्नेसियम र फलाम पाइन्छ। किवीले रगतमा हेमोग्लोबिनको मात्रा र शरीरमा क्षारीय सन्तुलन कायम राख्न मद्दत गर्छ। किवीले निद्रा सम्बन्धी समस्याहरू पनि मद्दत गर्दछ। यो हृदय, छाला, कपाल र कलेजोको लागि फाइदाजनक छ।

भूइँकटहर
भूइँकटहर गर्मीमा सबैभन्दा धेरै रुचाइने फल मध्य एक हो। भूइँकटहरले मेटाबोलिज्म बढाउन मद्दत गर्दछ। यसले उच्च रक्तचापका बिरामीलाई समेत फाइदा गर्छ।

अम्बा
अम्बा गर्मीमा स्वास्थ्यलाई फाइदा गर्ने फल हो। अम्बा मधुमेह रोगीहरूको लागी राम्रो छ। यसले रगतमा चिनी र इन्सुलिनको स्तर सन्तुलित राख्न मद्दत गर्छ। यसमा घुलनशील फाइबर र पोटासियमको उच्च सामग्री हुन्छ। दिनको एउटा अम्बाले मेटाबोलिज्म, अनुहार, आँखाको ज्योति र मानसिक स्वास्थ्यमा सुधार ल्याउन सक्छ। महिनावारीको दुखाइ कम गर्न अम्बा पनि खान सकिन्छ।

स्ट्रबेरी
स्ट्रबेरीलाई छालाको समस्या, दाँत सेतो पार्ने र पाचन समस्याका लागि प्रयोग गरिन्छ। स्ट्रबेरीमा फाइबर, भिटामिन सी र म्यांगनीज पनि प्रशस्त हुन्छ। स्ट्रबेरीमा फोलेट र पोटासियमको पर्याप्त मात्रा पनि पाइन्छ। गर्मीमा स्ट्रबेरी खाँदा छाला र स्वास्थ्य समस्याबाट बच्न सकिन्छ।

आलुबखडा
आलुबखडामा प्रशस्त पौष्टिक तत्त्व पाइन्छ। यसमा फाइबर र सोर्बिटोल हुन्छ जसले कब्जियत र अन्य पाचन सम्बन्धी समस्याहरूलाई कम गर्न मद्दत गर्छ। आलुबखडाले रक्तचापको स्तरलाई कायम राखेर र स्ट्रोकबाट जोगाएर मुटुलाई स्वस्थ राख्छ। आलुबखडाको सेवनले स्तन क्यान्सर र टाइप–२ मधुमेहको जोखिम कम गर्छ।

लिची
लिची र आँप गर्मीमा मात्र पाइने दुई फल हुन्। लिची पोटासियम, पोलिफेनोल र भिटामिनको ठुलो स्रोत हो। जसले शरीरलाई धेरै फाइदा गर्छ। एन्टिअक्सिडेन्टले भरिपूर्ण लिचीले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।

मेवा
गर्मीमा खान सकिने अर्को फल हो( मेवा। मेवामा भिटामिन ए, सी, फोलेट र विभिन्न फाइटोकेमिकल्स जस्ता पोषक तत्त्वहरू हुन्छन्। यसले अपच कम गर्न पनि मद्दत गर्दछ। मेवा बिटा क्यारोटिनको राम्रो स्रोत पनि हो। यसले छालाको क्षतिलाई रोक्छ। मेवामा एन्टिअक्सिडेन्टको पनि राम्रो मात्रामा हुन्छ र यसले क्यान्सर र गम्भीर हृदय रोगहरूबाट बचाउन मद्दत गर्दछ।

आँप
आँपकै कारण गर्मी मन पराउने मानिसहरू धेरै छन्। आँप क्यालोरीमा उच्च भएता पनि पोषक तत्त्वको एक धनी स्रोत हो। आँपलाई ‘फलफूलको राजा’ भनेर चिनिनुका केही कारण छन्। यसमा फाइबर, २० प्रकारका खनिज र भिटामिन पाइन्छ। फाइबरले पाचनमा मद्दत गर्छ र पेट भरि राख्न मद्दत गर्छ। आँपमा भिटामिन ए, सी र पोटासियम पनि प्रशस्त पाइन्छ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top