काठमाडौं – कुमारी क्यापिटल लिमिटेडले माघ २८ गतेदेखि बिक्रीमा राखेको कुमारी सबल योजनाका इकाई खरिद गर्ने आज अन्तिम दिन रहेको छ । फागुन २ गतेसम्म माग बमोजिम निवेदन नआएपछि व्यवस्थापक क्यापिटलले फागुन १३ गतेसम्म म्याद थप गरेको थियो ।
१० वर्षको अवधिका लागि कोषका एकाइहरू खरिद गर्न लगानीकर्ताले सबै आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो शेयरको लागि अनलाइन आवेदन दिन सक्ने व्यवस्था छ। यो योजना १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको योजना हो ।
१ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई प्रतिइकाई १० रुपैयाँमा अंकित मूल्यमा बिक्री हुने भएको हो । कुल इकाईमध्ये एक प्रतिशत अर्थात् १० लाख इकाई योजना प्रबन्धक कुमारी क्यापिटललाई छुट्याइएको छ भने १४ प्रतिशत अर्थात १ करोड ४० लाख कित्ता प्रवर्द्धक कुमारी बैंकका लागि छुट्याइएको छ । यसबाहेक बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्रीका लागि खुला गरिएको छ ।
न्यूनतम १०० कित्तादेखि अधिकतम एक करोडसम्म कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । खुला बिक्रीको लागि आवेदन दिएको अवधि र बोर्डबाट थपेको अवधिभित्र कम्तीमा ५० प्रतिशत अर्थात् ५ करोड इकाई खरिद गर्ने निवेदन प्राप्त भएमा मात्र यो इकाई बाँडफाँड गर्न सकिनेछ । यदि न्यूनतम संख्यामा इकाईहरू बिक्री नगरेमा, योजना रद्द गरिनेछ र आवेदकहरूको फिर्ताको प्रक्रिया 15 दिन भित्र सुरु गर्नुपर्नेछ। योजना प्रबन्धकसँगै क्यापिटलले यस इकाई निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी पनि निर्वाह गर्नेछ ।