काठमाडौँ – कुमारी बैंक लिमिटेडले संस्थापकतर्फको ६ लाख ४१ हजार २८४ कित्ता बिक्री खुला गरेको छ । हालका संस्थापक शेयरधनीले मात्रै खरिद गर्न सक्ने गरी बैंकले यी शेयर बिक्रीमा राखेको हो ।
६ जना संस्थापक शेयरधनीको नाममा रहेको उल्लेखित कित्ता शेयर खरीदका लागि इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ।
आवेदन बैंकको केन्द्रीय कार्यालय, टङ्गाल, काठमाडौं र सेयर रजिष्ट्रारको कार्यालय, नक्साल, काठमाडौंबाट प्राप्त र बुझाउन सकिने छ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नआएमा दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थालाई पनि बिक्री गरिने बैंकले जानकारी दिएको छ ।