काठमाडौ – मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ स्थित कुन्छाल बस्तीमा एक महिलाको बिभत्स तरिकाले हत्या गरिएको छ।
बिहीबार दिउँसो अन्दाजी ५५ वर्षीया तुलुमाया गोपालीको हत्या अन्दाजी ३५ वर्षीय जीवन गोपालीले धारिलो हतियार प्रयोग गरी गरेका हुन्। घटना पछी हत्या आरोपित जीवन गोपाली आफैं हतियारसहित इलाका प्रहरी कार्यालय पालुङमा पुगेका थिए।
गोपालीलाई नियन्त्रणमा लिइएको छ र हाल घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।
</