Nexkhabar

किन बन्द भयो ‘मुन्द्रेको कमेडी क्लब’ ?

काठमाडौं-  कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ को प्रसारण बन्द भएको छ ।

कार्यक्रमका सञ्चालक तथा कलाकार जितु नेपालका अनुसार शो प्रसारण गर्दै आएको टेलिभिजनले गरेको समय परिवर्तन लगायत विभिन्न कारणले शो बन्द गर्नु परेको हो ।

समय सापेक्ष र अन्य कुनै नौलो कार्यक्रम ल्याउन शो बन्द गरेको उनको भनाइ छ । शो ३ सिजनसहित गरेर १८४ भाग प्रसारण भएको छ । शोको पहिलो सिजनमा दीपाश्री निरौला, दोस्रो सिजनमा करिश्मा मानन्धर र तेस्रो सिजनमा प्रियंका कार्की अध्यक्ष रहेका थिए ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top