Nexkhabar

काठमाडौं महानगरको घोषणाः जुनसुकै पालिकाका विपन्नको निःशुल्क उपचार

काठमाडौं महानगरपलिकाका प्रमुख बालेन शाहले जुनसुकै पालिकाका गरिव तथा असहायको उपचार काठमाडौँ महानगरले गर्ने बताएका छन् । सम्बन्धित वडाको सिफारिस लिएर आएमा निःशुल्क उपचार गरिने उनको भनाइ छ ।

आज सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– ‘नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला । हामीसँग ४३ अस्पतालका ३२३ बेड आबद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ ।’

साथै प्रमुख शाहले निःशुल्क उपचारबारे थप जानकारी चाहिएमा, काठमाडौँ महानगर स्वास्थ्य विभागमा सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।

आवश्यक कागजातहरु

नेपाल सरकार / प्रदेश सरकार/ स्थानिय सरकारले लक्षित वर्ग हो भनी जारि गरेको कागजात/ परिचय पत्र वा,
२. राष्ट्रिय परिचयपत्र / नेपाली नागरिकता प्रमाण पत्र/ जन्मदर्ता प्रमाणपत्र प्रतिलिपी र हालसालै खिचिएको फोटो र,
३. रोग पहिचान भए सोको कागजपत्र र,
४. अनुसूची-५ को आधारमा सम्बन्धीत स्थानिय तहको वडाले लक्षित वर्ग हो भनी अनुसूची- ४ अनुसारको सर्जमिन गरेको कागज र,
५. सम्बन्धीत स्थानिय तहको वडा कार्यलयले उपचारको लागी अनुसूची- ३ अनुसारको सिफारिस गरेको पत्र,

बेवारिसे बिरामीले निशुल्क उपचार सेवा लिनका लागि चाहिने आवश्यक कागजातः
१. आकस्मिक कक्षमा आएका बखत उपचार खर्च नभएका गरिव, बिपन्न तथा वेवारिसे विरामिलाई प्रारम्भिक स्वास्थ्य उपचार निशुल्क प्रदान गर्नु पर्नेछ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top