Nexkhabar

काठमाडौंमा सबैभन्दा कम बेरुजु नागार्जुन नगरपालिकाको, अरु कुन पालिकाको कति ?

काठमाडौंका ११ वटा स्थानीय तहमध्ये सबैभन्दा कम बेरुजु नागार्जुन नगरपालिकाको देखिएको छ । महालेखा परिक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को प्रतिवेदन अनुसार नागार्जुन नगरपालिकाको बेरुजु ०.०८ प्रतिशत मात्रै देखिएको हो ।

नागार्जुन नगरपालिकाको बेरुजु महालेखाको यस अघिको ६० औं प्रतिवेदन भन्दा पनि कम बेरुजु देखिएको हो । आर्थिक वर्ष २०७८/७९ मा नगरपालिकाको बेरुजु ०.२२ प्रतिशत थियो।

यस्तै काठमाडौंका ११ पालिकामध्ये सबैभन्दा बढी बेरुजु गोकर्णेश्वर नगरपालिकाको छ । आर्थिक वर्ष २०७८ /७९ मा २.६५ प्रतिशत बेरुजु रहेको यस नगरपालिकाको बेरुजु अहिले बढेर ३.५९ प्रतिशत पुगेको हो ।

यस्तै काठमाडौं महानगरपालिकाको बेरुजु पनि घटेको छ । आर्थिक वर्ष २०७८/७९ मा २.६ प्रतिशत बेरुजु रहेको काठमाडौं महानगरको बेरुजु आर्थिक वर्ष २०७९/८० मा घटेर १.११ प्रतिशत कायम भएको हो ।

महालेखाले कागेश्वरी मनोहरा नगरपालिकाको बेरुजु पनि घटेको जनाएको छ । प्रतिवेदनमा यस नगरपालिकाको बेरुजु १.९९ प्रतिशत रहेको उल्लेख गरेको छ । महालेखाको ६० औं प्रतिवेदनमा यस नगरपालिकाको बेरुजु ३.०९ प्रतिशत रहेको थियो ।

कीर्तिपुर नगरपालिकाको बेरुजु पनि घटेको छ । आर्थिक वर्ष २०७८/७९ मा २.६१ प्रतिशत रहेको यस नगरपालिकाको हालको बेरुजु १.४८ प्रतिशत कायम भएको छ । बेरुजु घटाउने नगरपालिकाको सूचिमा चन्द्रागिरि नगरपालिका पनि परेको छ । १.६१ प्रतिशत बेरुजु रहेको यस नगरपालिकामा अहिले १.३४ प्रतिशत बेरुजु कायम भएको छ ।

दक्षिणकाली नगरपालिकाको बेरुजु भने बढेको छ । आर्थिक वर्ष २०७८/७९ मा २.०२ प्रतिशत बेरुजु रहेकोमा हाल ३.३७ प्रतिशत पुगेको छ ।
यस्तै टोखा नगरपालिकाको बेरुजु पनि बढेको छ । यसअघि यस नगरपालिकाको बेरुजु ०.५९ प्रतिशत थियो तर हाल बेरुजु १.४९ प्रतिशत पुगेको छ ।

यस्तै शंखरापुर नगरपालिकाको बेरुजु पनि केही बढेको छ । आर्थिक वर्ष २०७८/७९ मा १.०१ प्रतिशत बेरुजु रहेकोमा हाल यस नगरपालिकाको बेरुजु १.१७ प्रतिशत पुगेको महालेखाले जनाएको छ । बुढानिलकण्ठ नगरपालिकाको बेरुजु भने घटेको छ । आर्थिक वर्ष २०७८/७९ मा २.१९ प्रतिशत बेरुजु रहेकोमा हाल यस नगरपालिकाको बेरुजु १.९८ प्रतिशत कायम भएको छ ।

यस्तै तारकेश्वर नगरपालिकाको बेरुजु पनि घटेर ०.६० प्रतिशतमा कायम भएको छ । आर्थिक वर्ष २०७८/७९ मा यस नगरपालिकाको बेरुजु ०.६१ प्रतिशत थियो ।

आर्थिक वर्ष २०७९ ८० को बेरुजु

आर्थिक वर्ष २०७८ ७९ को बेरुजु

Loading spinner

प्रतिक्रिया

Scroll to Top