Nexkhabar

काठमाडौंमा कुन ठाउँको जग्गाको मूल्य मुल्यांकन कति ?

काठमाडौं महानगरले सडक नपुगेको जग्गाको मूल्यांकन प्रतिआना ४ लाख रुपैयाँ कायम गरेको छ।

मुख्य ठाउँमा ५० लाख रुपैयाँसम्म तोकेको महानगरले सडकले नछोएको जग्गालाई ४ देखि ७ लाख रुपैयाँको मूल्यांकन गरेको हो। 

महानगरले सम्पत्ति कर उठाउँदा मूल्यांकनअनुसार उठाउने गरेको छ।

काठमाडौंको सबैभन्दा बढी महंगो जग्गा केशरमहल, ठमेल, हनुमान ढोका, असन, इन्द्रचोक, जमल, रानीपोखरी, त्रिपुरेश्वर, बागबजार, कृष्ण पाउरोटी, कान्तिपथ, दरबारमार्ग क्षेत्रमा मूल सडक जोडिएका क्षेत्र प्रतिआना ५० लाख रुपैयाँ मूल्यांकन गरेको छ। 
वडा नम्बर ३२ मा सबैभन्दा कम ४ लाख, वडा नम्बर ६ मा ५ लाख, वडा नम्बर ७ मा ५ लाख, वडा नम्बर १३ मा ४ लाख, वडा १४ मा ५ लाख ५० हजार मूल्यांकन गरिएको छ।
Loading spinner

प्रतिक्रिया

Scroll to Top