Nexkhabar

एशियन लाइफ इन्स्योरेन्स : साधारणसभाका १० प्रस्ताव

काठमाडौं – एशियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० साधारणसभा आह्वान गरेको छ। कम्पनीले फागुन १८ गते सिमराको होटेल क्लासिकमा साधारणसभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले हाल कायम चुक्ता पुंजीको ७.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४०७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभाको पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । कम्पनीको सभामा हकप्रद प्रस्ताव पनि पेश हुने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन ७ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तवित लाभांश पाउन सक्ने छन् ।

साधारण प्रस्ताव

१. संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७९ / ८० को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने बारे ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८० (NFRS वमोजिम ) आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाहको विवरण र सो सम्बन्धि संलग्न अनुसूचिहरु माथी छलफल तथा पारित गर्ने वारे ।

३. संचालक समितिबाट प्रस्तावित नगद लाभांश (कर प्रयोजनको लागि ) ०.४०७८% ले हुन आउने रु.१,२८,७०,३०५/- (अक्षरेपी एक करोड अट्ठाइस लाख सत्तरी हजार तीन सय पाच मात्र) पारित गर्ने बारे ।

४. सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने संचालक पद – (१) जनालाई नियुक्त गर्ने निर्णय गरिएकोमा सो को अनुमोदन गर्ने बारे ।

५. आर्थिक वर्ष ०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।

विशेष प्रस्ताव 

१. आर्थिक वर्ष २०७९ / ८० सम्मको संचित नाफाबाट यस कम्पनीको चुक्ता पूँजी रु.३,१५,५३,००,५१७/- को बोनस शेयर ७.७५% ले हुन आउने रु.२४,४५,३५,७९० /- (अक्षरेपी चौबिस करोड पैचालिस लाख पैतिस हजार सात सय नव्वे मात्र) रकम बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने ।

२. श्री नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम रु.५ अर्व चुक्ता पूँजी पुरयाउन ७ ७५% बोनस शेयर वितरण पश्चात कायम हुने चुक्ता पूँजी रु.३,३९,९८,३६,३०७/- (अक्षरेपी तीन अर्व उन्चालीस करोड अन्ठानब्बे लाख छत्तिस हजार तीन सय सात मात्र ) को ४२ प्रतिशत अर्थात (१:०.४२ ) को अनुपातमा हकप्रद शेयर जारी गर्ने ।

३. उल्लेखित वोनस शेयर वितरण र हकप्रद शेयर निश्कासन पश्चातको हदसम्म जारी तथा चुक्ता पूँजी वृद्धि गर्न स्वीकृती गर्ने बारे ।

४. शेयर संरचनामा परिवर्तन पश्चात् संचालक समितिको संरचनामा समेत परिवर्तन गर्नका लागि संचालक समितिमा संस्थापक समूहबाट ३ जना, सर्वसाधारण समूहबाट २ जना तथा १ जना स्वतन्त्र संचालक रहने गरी जम्मा ६ जनाको संचालक समिति कायम रहने र सोही बमोजिम नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्ने ।

५. कम्पनीको विशेष प्रस्ताव अन्तर्गत नं. १, २, ३ र ४ प्रस्तावको निर्णय कार्यान्वयनको लागि कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न तथा सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने।

Loading spinner

प्रतिक्रिया

Scroll to Top