काठमाडौं – नेकपा (एमाले) बाट रघुवीर महासेठ भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्ने भएका छन् । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित महासेठ दोस्रो पटक भौतिक मन्त्री बन्न लागेका हुन्।
त्यस्तै ज्वालाकुमारी साह पनि मन्त्री बन्ने टुंगो लागेको छ। उनको मन्त्रालय टुंगो लागेको छैन। उनी पुस १० गते एमाले माओवादी केन्द्रबीच गठबन्धन हुँदा उनी कृषि तथा पशुपन्छी विकास मन्त्री बनेकी थिइन्।
त्यस्तै धनकुटाबाट निर्वाचित सांसद राजेन्द्रकुमार राई पनि मन्त्री बन्ने भएका छन्। उनको पनि मन्त्रालय टुंगो लाग्न बाँकी छ। त्यस्तै बैतडीका सांसद दामोदर भण्डारी पनि मन्त्री बन्ने भएका छन्। पुस १० गते गठबन्धन हुँदा उनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थिए।
कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद बलराम अधिकारी पनि यसपटक मन्त्री बन्ने भएका छन्।उनको पनि मन्त्रालय टुंगो लागेको छैन।
पदम गिरीले सोमबारै मन्त्रीको शपथ लिइसकेका छन्। उनी बिनाविभागीय मन्त्री छन् ।