Nexkhabar

एभरेष्ट बैंक र एनसीएचएलबीच सम्झौता

काठमाडौं- एभरेष्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच अलि–पे को नेटवर्कमा रहेका सदस्य वालेटहरु मार्फत नेपाल–पे मर्चेन्टहरुका क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्नका लागि सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता अन्तर्गत नेपालमा रहेका नेपाल पे क्यूआर  तथा यसका इन्ट्रोपेरेबल क्यूआरको मर्चेन्ट क्यूआरमा अलिपेको नेटवर्क मार्फत भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

चाइना, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, साउथ कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरुले आनो डोमेस्टिक वालेट मार्फत  नेपालमा रहेका नेपाल–पे क्यूआर तथा यसको इन्ट्रोपेरेबल क्यूआरमा सजिलै भुक्तानी गर्न सक्ने सम्झौतामा उल्लेख छ ।

अलि–पे को नेटवर्कमा ६६ वटा विभिन्न ग्लोबल मार्केट अन्तर्गत ३० भन्दा बढि इसुइङ्ग उपकरण, ३०० भन्दा बढि अक्वरिङ नेटवर्क, ९ करोडभन्दा बढि ग्लोबल मर्चेन्टहरु आबद्ध रहेका छन् ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top