काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले ५ लाख १३ हजार ३२५ संस्थापक शेयर बिक्रीको लागि राखेको छ । हालका संस्थापक शेयरधनीहरुसँगै अन्य योग्य व्यक्ति तथा संस्थाहरुले खरिद गर्न सक्ने यी शेयरहरु बैंकले बिक्रीमा राखेको छ ।
कम्पनीले यही फागुन १६ गतेदेखि २७ गतेसम्म प्रतिसेयर २०८ रुपैयाँमा बिक्रीका लागि ल्याएको हो । इच्छुक खरीददारहरूले तोकिएको मूल्य वा सोभन्दा बढीमा सम्पूर्ण लटमा न्यूनतम १,००० चिट्ठाका लागि आवेदन दिन सक्छन्।
तोकिएको अवधिभित्र प्राप्त भएका निवेदनहरु बिक्री प्रबन्धकको कार्यालयमा फागुन २९ गते खोल्ने कार्यक्रम रहेको छ । बिक्री प्रबन्धकमा एनआइएमबिएस क्यापिटल लिमिटेड रहेको छ ।