Nexkhabar

एकैदिन ११ सयले घट्यो सुनको भाउ

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

उच्च मूल्यको रेकर्ड बनाएर स्थिर रहेको सुनको मूल्य आज तोलामा ९ सय रुपैयाँ घट्दै प्रतितोला एक ३८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजोसम्म प्रतितोला एक लाख ३९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो ।

त्यस्त आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ घट्दै प्रतितोला एक हजार सात सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो प्रतितोला एक हजार सात सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top