दुर्घटनामा कमेडियन सुशान बस्यालसहित ४ जना घाइते भएका छन् । सुशानको अवस्था केही गम्भीर रहेको प्रहरी स्रोतले बतायो । विशाल भण्डारी र पुजन अधिकारीलाई सामान्य चोट लागेको छ ।
दुर्घटनापश्चात प्रहरीले सवारी चालकबारे सोधखोज गरेको थियो । विशाल र पुजनमध्ये कसले गाडी चलाएको थियो भन्ने निर्क्यौल हुन नसकेपछि प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको हो । गाडीको अगाडि सिटमा विशाल र पुजन थिए ।
घटनाबारे अनुसन्धान भइरहेको छ ।