काठमाडौँ – आज रातिदेखि स्थानीय तहको उपचुनावको मौन अवधि सुरु हुँदै छ । यही १६ मंसिरमा हुने चुनावका लागि आज रातिदेखि मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।
मतदातभन्दा ४८ घण्टा अघिदेखि मौन अवधि सुरु हुन लागेको हो । उक्त अवधिमा चुनाव प्रचार, मत माग्ने लगायतका गतिविधि गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । त्यस्तै यो अवधिमा राजनीतिक दलहरूलाई सभा, सम्मेलन, गोष्ठी तथा भेलालगायतका गतिविधि गर्न पनि रोक लाग्नेछ ।
गत स्थानीय चुनावमा निर्वाचित भएर पनि विभिन्न कारणले रिक्त भएका स्थानीय तहका पदहरूमा उपचुनाव हुन लागेको हो । आयोगका अनुसार ३७ जिल्लाका ४४ स्थानीय तहका विभिन्न पदहरूमा उपचुनाव हुन लागेको हो ।